गण्डकी मन्त्रिपरिषद् पुनर्गठन, दिपक मनाङे बने चौथोपटक मन्त्री

गण्डकी मन्त्रिपरिषद् पुनर्गठन, दिपक मनाङे बने चौथोपटक मन्त्री


पाेखरा ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

सोमबार मुख्यमन्त्री पाण्डेले स्वतन्त्र चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे)लाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका छन् । मनाङे चौथोपटक गण्डकीको मन्त्री बनेका हुन् ।

नवनियुक्त मन्त्री मनाङेको शपथ साढे ३ बजे प्रदेश प्रमुखको निवासमा हुने तय भएको छ ।

यसअघि उनी एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा दुईपटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एकपटक युवा तथा खेलकुदमन्त्री बनेका थिए ।