Logo
  • १९ मंसिर २०८२, शुक्रबार / Fri Dec 5, 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  • Logo
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • समाचार
  • बहस
  • म्यागजिन

विकास टाइम्स सर्च गर्नुहोस्

Logo
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • बहस
  • म्यागजिन

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

विकास टाइम्स
९ बैशाख २०८१, आइतबार
12
Shares

गोरखा ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर छालसँगै बूढीगण्डकी नदीमा मिसिएको उनले बताए ।

‘बिहान ९ बजे आसपासमा वीरेन्द्र तालभन्दा माथि ठूलो हिमपहिरो गएको छ’, उनले भने, ‘हिमपहिरो वीरेन्द्र तालमा खसेपछि तालको पानी भरिएर बाहिरिएको र बूढीगण्डकी नदीमा भल पुगेको छ, यसले बर्खा बेलामा जस्तै बूढीगण्डकीमा पानीको ठूलो वहाबको जोखिम बढाएको छ ।’

उनले नदीमा पानीको वहाब बढेकाले बूढीगण्डकी नदीको आसपासमा खतरा हुनसक्ने अवस्था रहेको बताए । ‘सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो’, लामाले भने, ‘‘तर अहिले निकै ठूलो हिमपहिरो गएको छ ।’

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरिसकेको जानकारी दिए । नदीमा आएको पानीको बहावले सामा गाउँमा एउटा काठे पुलमा क्षति पुर्या‍एको जानकारी आएको एसपी पाठकले बताए । ‘प्रहरीको टोली घटनास्थल पुगिसकेको छ, अहिले तत्काल थप क्षति हुने अवस्था देखिएको छैन’, उनले भने ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको बताए । वीरेन्द्र ताल मनास्लु हिमालको फेदीको ठूलो क्षेत्रफलमा अवस्थित छ । यसलाई बूढीगण्डकी नदीको मुहानको रुपमा लिने गरिन्छ ।

 

प्रतिक्रिया

अपडेट

प्लेअफमा सुदूरपश्चिम, काठमाडौं, विराटनगर र लुम्बिनी, चार टोली फर्किए घर

काठमाडौं – लिग चरणबाटै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २

हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौँ । स्याङ्जामा रहेको अर्जुनचौपारी गाउँपालिका र दार्चुलामा रहेको अपिहिमाल

प्रधानमन्त्रीले बोलाएको सर्बदलिय बैठकमा यी नेताको सहभागितामा छलफल चल्दै

  काठमाडौं। प्रधानमनत्री सुशीला कार्कीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको

Logo

संकेत मिडिया प्रा.लि.

अनामनगर - काठमाडौँ ९८०१०५५१९९

समाचारका लागि-९८५१२८०२३७

[email protected]

विज्ञापनका लागि-९८५१०५५१९९

अध्यक्ष

शान्ति तिवारी

सम्पादक

शिव लम्साल

कार्यकारी सम्पादक

दीपक आचार्य सानुभाइ


  • सूचना विभाग दर्ता नं. : ५१५/०७४-०७५
  • हाम्रो टिम
  • हाम्रो बारेमा

©2025 Bikas Times सर्वाधिकार संकेत मिडिया प्रा.लि. | Designed & Devevloped by : Appharu