बुटवलको सडकबाट कार खस्दा ३ जनाको मृत्यु

बुटवलको सडकबाट कार खस्दा ३ जनाको मृत्यु


बुटवल । रुपन्देहीको बुटवलमा कार सडकबाट खस्दा तीन जनाको मृत्यु भएको छ।गएराति साढे आठ बजे बुटवल-१३ नुवाकोटगढी भ्युटावर नजिक  कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डितले जानकारी दिए।

दुर्घटनामा स्याङ्जाको पुलतीबजार घर भइ बुटवल -१० बस्ने कार चालक करिब ४६ वर्षीय रामप्रसाद शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका- ३ बस्ने ५७ वर्षीय आशका श्रेष्ठ, तिलोत्तमा -३ कै ५० वर्षकी भगवती श्रेष्ठको मृत्यु भएको हो,’ डीएसपी श्रेष्ठले केहीबेरअघि नेपालखबरसँग भने, ‘दुर्घटनामा बुटवल-  ९ मिलनचोक घर भएका ५६ वर्षीया चन्दा श्रेष्ठ र बुटवल- ११ कि ४६ वर्षीया लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्।’ घाइतेद्वयको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए। उनीहरु खतरामुक्त छन्।

भ्युटावर क्षेत्र घुमेर बुटवल फर्कँदै गरेको लु २ च ८५३१ नम्बरको कार ओरालो सडकबाट भिरहुँदै करिब एकसय मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।