कृषि विकास सहकारीका सञ्चालक पक्राउ

कृषि विकास सहकारीका सञ्चालक पक्राउ


काठमाडौं । कृषि विकास बहुउदेश्य सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ परेका छन् ।

बचतकर्ताको २ अर्ब ८२ करोड रुपैयाँ रकम अपचलन गरेर फरार भएका थापासहितका सञ्चालकलाई उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ।

आजै पत्रकार सम्मेलन गरि सार्वजनिक गर्ने तयारी गरिएको छ। थापा तनहुँका नेपाली कांग्रेसका नेता पनि हुन्। सहकारी प्रकरणबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेश (टीओआर) मा पनि उक्त सहकारीको नाम उल्लेख गरिएको छ।

थापा संलग्न कृषि सहकारीको पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ। समस्याग्रस्त र सार्वजनिक रुपमा प्रश्न उठेका २९ सहकारी संस्थाको नाममा उक्त सहकारीको नाम उल्लेख गरिएको छ।