उच्च मूल्यबाट घट्यो डलर

उच्च मूल्यबाट घट्यो डलर


काठमाडौं । शुक्रबार हालसम्मकै उच्च मूल्य बनाएको अमेरिकी डलर घटेको छ ।

शुक्रबारको तुलनामा एक अमेरिकी डलरको मूल्य १९ पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । यसअघि शुक्रबार यो मूल्य हालसम्मकै उच्च १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

आइतबार कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७५ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५८ पैसा छ । बैंकले यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४७ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ३१ पैसा तोकेको छ ।

मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ४२ पैसा तथा खरिददर मूल्य २८ रुपैयाँ ३० पैसा छ भने साउदी रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७१ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५५ पैसा तोकिएको छ ।