काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सेवा आयोगले कडा सुरक्षाबीच समाजशास्त्र प्राध्यापक पदका लागि अन्तर्वार्ता लिन सुरु गरेको छ । आयोगले २०७७ सालमा गरेको विज्ञापन विद्यार्थी संगठनहरुको विरोधका कारण स्थगित हुँदै आएको थियो ।
‘अहिले पनि हुन नदिन धेरै प्रयत्न भइरहेको थियो तर हामीले शान्ति सुरक्षाको प्रबन्ध गरेका छौं । शान्ति सुरक्षाको प्रत्याभूतिसहित शिक्षामन्त्री पनि आउनुभो अहिले भइरहेको होला !’ त्रिवि रेक्टर प्रा.डा. खड्ग केसीले भने ।
विगतमा भएका विरोध तथा आन्दोलनलाई हेरेर सुरक्षा व्यवस्था कडा गरिएको उनको भनाइ छ । आयोगले सवा १२ बजेदेखि अन्तर्वार्ता सुरु गरेको सेवा आयोग कार्यालयले जनाएको छ ।
एक प्राध्यापक पदका लागि सुशिलकुमार यादव, युवराज लुइँटेल र टिकाराम गौतम गरी ३ जनाको आवेदन परेको छ । प्राध्यापक पदको अन्तर्वार्ताका क्रममा शिक्षा मन्त्री सुमना श्रेष्ठ वस्तुस्थिति बुझ्न त्रिवि पुगेकी थिइन् ।
प्रतिक्रिया