असार २९ सम्म मनसुन सक्रिय हुने

असार २९ सम्म मनसुन सक्रिय हुने


काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले असार २९ सम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल मनसुन न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ ।
बुधबार रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ । साथै बिहीबारदेखि नेपाल आसपास क्षेत्रको उपल्लो वायुमण्डलमा पश्चिमी न्यून चापीय प्रणाली विकसित हुने सम्भावना देखिएको छ । यी दुवै प्रणालीको प्रभावले २९ असारसम्म नेपालमा मनसुन सक्रिय हुने सम्भावना देखिएको छ । सोही कारण महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । असार २९ सम्म देशभर साधारणदेखि पूर्णतया बदली रही कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश स्थानमा र कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।