न्यूरोडका पेटी बढाउन महानगरमा महिनाअघि पुगेको थियो विशाल बजार ब्यापार संघको पत्र

न्यूरोडका पेटी बढाउन महानगरमा महिनाअघि पुगेको थियो विशाल बजार ब्यापार संघको पत्र


काठमाडौं– न्यूरोड क्षेत्रको सडकपेटी (फूटपाथ) बढाउन आग्रहका साथ एक महिनाअघि काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहसँग आग्रह गरिएको पत्र सार्वजनिक भएको छ।

सो पत्रानुसार नै उच्च अदालतको आदेशले सडक पेटी बढाउनका निम्ति सहज हुने भएपछि महानगरपालिकाले धमाधम काम सुरु गरेको थियो। बुधबारबाट महानगरले तिव्र गतिमा काम गरे पनि त्यसको बिरोधमा शुक्रबार हुलदुंगा गर्ने नियत राखिएको थियो।

सीमिक व्यक्तिको हुलले सडक पेटी बढाउने काममा अवरोध गरेका कारण महानगरबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। नेपाल प्रहरीले पनि सुरक्षाका निम्ति ठूलो संख्यामा सुरक्षाकर्मी न्यूरोडकमा परिचालन गरेको छ।

बिशाल बजार ब्यापार संघका महासचिव भिमप्रसाद शर्माले असार ४ गते पत्र लेखेर न्यूरोड क्षेत्रमा सर्वसाधारणलाई हिँड्न कठिन भएको तथा विभिन्न प्रकारका घटना हुने भएकाले फूटपाथ बढाउनका लागि महानगरसँग माग गरेका थिए।