सुनको भाउ तोलामा १३ सय रुपैयाँ घट्यो

सुनको भाउ तोलामा १३ सय रुपैयाँ घट्यो


काठमाडौं । आइतबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

गत बुधबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ केही घटेको छ । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँमा कारोबार भएको चाँदी आज १८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।