सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो


काठमाडौं । आइतबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलाको १ लाख ४५ हजार ७ सय रुपैयाँ तोकेको छ ।

यसअघि शुक्रबार १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि साउन २ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ आइतबार तोलामा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १७३० रुपैयाँ रहेको चाँदी आज १७४० रुपैयाँ कायम भएको छ ।