अनेमसंघले आफ्नै डिजिटल मिडिया सञ्चालनमा ल्याउने

अनेमसंघले आफ्नै डिजिटल मिडिया सञ्चालनमा ल्याउने


काठमाडौं । अखिल नेपाल महिला संघले आफ्नै डिजिटल मिडिया सञ्चालन गर्ने भएको छ । अनेमसंघ केन्द्रीय प्रचार तथा प्रकाशन विभागले त्यसको तयारी गरेको छ ।

अनेमसंघका ऐतिहासिक अभिलेख, दैनिक राजनीतिक गतिविधि, अनेमसंघका योजनालगायतका सामग्री समेटेर डिजिटल मिडिया सञ्चालन गर्ने भएको हो । त्यसका लागि वेबसाइटको डोमिन, ले-आउटलगायतको काम भइरहेको संघले जनाएको छ । संघका अनुसार युट्युब सञ्चालनको तयारीसमेत थालिएको छ ।

शनिबार बसेको १४ विभाग, ४ कमिटीका प्रमुख, उपप्रमुख तथा केन्द्रीय पदाधिकारीहरुको बैठकमा यसबारे जानकारी गराइएको हो । प्रचार तथा प्रकाशन विभागले आफ्नो कार्ययोजनामा डिजिटल मिडिया सञ्चालनलाई प्राथमिकतामा राखेको विभागका उपप्रमुख सृजना आचार्यले जानकारी दिइन् ।

बैठकमा अनेमसंघका इन्चार्ज सीता पौडेलले पछिल्लो पुस्तालाई संगठनमा आकर्षण गर्न अनेमसंघ प्रविधि मैत्री हुनुपर्ने बताइन् ।