काठमाडौं ।
भि.जि. ईम्पेक्स प्रा.लि.ले एभरेष्ट बैंक लिमिटेडसँग आईसीई सवारीसाधनहरु वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको छ ।
भि.जि. ईम्पेक्स प्रा.लि. नेपालमा जि.डब्लु.एम सवारीसाधनहरुको एकमात्र आधिकारिक आयातकर्ता र वितरकले एभरेष्ट बैंक लिमिटेडसँग आईसीई सवारीसाधनहरु हाभल जोलायन, हाभल एच६, पावर र विङ्गल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका विभिन्न प्रकारका सवारी साधनहरूको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि सम्झौता गरेको हो ।
उक्त सम्झौतामा आज भि.जि.ईम्पेक्स – जि.डब्लु. एम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारले जि.डब्लु एमका सवारी साधनलाई ग्राहकहरुका लागि फाइनान्सिङ सुविधा पहुँच योग्य बनाउने दिशामा महत्वपूर्ण कदमको रुपमा हस्ताक्षर गरेका छन् ।
जि.डब्लु.एमका कुनै पनि सवारीसाधन खरीद गर्न चाहने ग्राहकहरुलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे उद्देश्यका साथ, यो सहकार्य गरिएको हो । यसले ग्राहकहरुलाई प्रतिस्पर्धी ब्याज दरहरू, डाउन पेमेनट र कर्जा अवधि सहित विभिन्न प्याकेजहरू उपलब्ध गराउने लक्ष्य राखेको छ, जुन ग्राहहरुले आफ्नो आवश्यकताहरुको आधारमा छनौट गर्न सक्छन् ।
एभरेष्ट बैंकले अधिकतम ७ वर्षको अवधिको लागि उत्कृष्ट ROI (ब्याजदर ) सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने छ । ३ वर्ष सम्मको कर्जा अवधिको लागि, न्युनतम प्रभावकारी ROI (ब्याजदर) १०.८० प्रतिशत रहनेछ ।
जि.डब्लु.एमका इलेक्ट्रिक गाडी EV को लागि ROI (ब्याजदर) मात्र BR+ २ प्रतिशत देखी ११.३० प्रतिशत को प्रभावकारी ब्याज दर) रहनेछ ।
जि.डब्लु.एमका आईसी मोडेलको गाडीको लागि ROI (ब्याजदर) मात्र BR+ २.५० प्रतिशत देखी ११.८० % को प्रभावकारी ब्याज दर) रहनेछ ।
जि.डब्लु.एमका इलेक्ट्रिक गाडी EV कोे लोन–टु–भ्यालु (लोन–टु–भ्यालु÷बैंक फाइनान्स) मा ५०प्रतिशत सम्मको लगानीमा ROI (ब्याजदर) मा थप ०.५० प्रतिशत छुट उपलब्ध गराइएको छ । सबै गाडीहरुको लागि कर्जा प्रशोधन शुल्क (processing fee) स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको छ ।
ग्राहकहरूले अटो कर्जाको लागि आवश्यक कागजातहरू सहित नजिकैको एभरेष्ट बैंक शाखामा गएर आवेदन दिन सक्नेछन् ।
जि.डब्लु.एमको बारेमा
जि.डब्लु.एम नेपालले हाभल एच६, हाभल जोलायन, पावर, विङ्गल५ जस्ता विश्वव्यापी मोडेलहरूका साथ नेपालमा आफ्नो बलियो उपस्थिति स्थापित गर्न सफल भएको छ । अर्को पुस्ताको अत्याधुनिक अटोमोटिभ प्रोत्साहन गर्न प्रतिबद्ध, जि.डब्लु.एम नेपालले ग्रेट वाल मोटर्सबाट फ्युचरिस्टक मोडलहरू र प्रिमियम प्रस्तावहरू प्रस्तुत गरिरहेकोे छ । नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ताको रूपमा, भि.जि. इम्पेक्सले जि.डब्लु.एमको विश्वव्यापी लाईन–अपहरू सफलतापूर्वक बजारमा ल्याएको छ र नेपालको अटोमोटिभ इकोसिस्टमलाई अगाडि बढाउँदै बिक्री र बिक्रीपछिका उत्कृष्ट सेवाहरूमा निरन्तरता दिँदै आएको छ ।
प्रतिक्रिया