काठमाडौँ – कोरियन भाषा परीक्षा(ईपीएस) को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ । एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि लिएको भाषा परीक्षाको नतिजा सार्वजजिक गरेको हो ।
२०८१ वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म सञ्चालन भएको परीक्षामा आठ हजार ९६५ जना पास भएका छन् । त्यसका लागि ६६ हजार ३२६ जनाले परीक्षा दिएका थिए । तीमध्ये १३.५ प्रतिशत मात्रै पास भएका हुन् ।
उनीहरूको सूची एचआरडी कोरियाले सोमबार वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको छ ।
परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । दोस्रो चरणको परीक्षामा पास भएकाहरूको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ ।
अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ ।
यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरिएको थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना मात्रै पास भएका थिए ।
प्रतिक्रिया