कर्णाली प्रदेशका योजना आयोगका पदाधिकारीले लिए शपथ

कर्णाली प्रदेशका योजना आयोगका पदाधिकारीले लिए शपथ


काठमाडौं । कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार मुख्यमन्त्री यामलाल कँडेलले शपथ गराएका हुन् । बुधवार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यस्तै, सदस्यहरुमा मुगुको छायाँनाथ रारा नगरपालिका-५, का डम्बर रावल र कालिकोटको रास्कोट नगरपालिका–३ का अशोकनाथ योगी नियुक्त भएका छन् ।उपाध्यक्ष नियुक्त भएका योगी र रावल एमालेको कोटाबाट नियुक्त भएका हुन् भने सदस्य योगी नेपाली कांग्रेसको कोटाबाट नियुक्त भएका हुन् ।

उपाध्यक्ष योगी दैलेखको गमौडीमा जन्मिएका हुन् भो उनी हाल वीरेन्द्रनगर नगरपालिका–४, निवासी हुन् ।