काठमाडौं । सरकारकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रबन्धकमा रमेश आचार्यलाई नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खाद्य व्यवस्था कम्पनीको महाप्रबन्धकमा आचार्यलाई नियुक्त गरेको हो ।
नेपाल सरकारको खाद्य नीति कार्यान्वयन गर्ने आधिकारिक निकायको रूपमा कम्पनी सञ्चालनमा रहेको छ । महाप्रबन्धकको कार्य अवधि ४ वर्षको हुनेछ ।
यसैगरी सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको महाप्रबन्धकमा प्रकाशप्रसाद पोखरेललाई नियुक्त गरेको छ ।
प्रतिक्रिया