काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनामा प्राप्त गरेका सफलताहरु विश्वका लागि उपयोगी हुने दाबी गरेका छन्।
बुधबार प्रतिनिधि सभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्नुअघि भएको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नेपालको सन्दर्भमा दृष्टान्तयोग्य सफलता पााएको र त्यो पूरै दुनियाँका लागि सहयोगी बन्ने दाबी गरेका हुन्।
उनले भने, ‘हामी यस सन्दर्भमा एउटा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौं। केही देशहरुमा मात्रै यति राम्ररी शान्ति प्रक्रिया टुंगो लाग्छ। हामी पनि त्यो बाटोमा छौं। हाम्रो राम्रो व्यवहारले दुनियाँमा द्वन्द्व अन्त्य गर्न र शान्ति स्थापनामा हाम्रा सफलताहरु सहयोगी हुनेछन् भन्ने विश्वास लिएको छु।’
यस्तै उनले नेपालमा भएको द्वन्द्वलाई व्यवस्थित रुपमा शान्ति प्रक्रियामा परिणत गरेको र अब विधेयकका सन्दर्भमा पनि नमुनायोग्य हुने दाबी गरे। साथै उनले ऐन पीडितमैत्री भएकाले यो सबैका लागि स्वीकार्य हुने पनि विश्वास व्यक्त गरे।
प्रतिक्रिया