सुदूरपश्‍चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने माओवादीको निर्णय

सुदूरपश्‍चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिने माओवादीको निर्णय


काठमाडौं । सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने भएको छ ।

बुधबार बसेको प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए ।

तर विपक्षमा मतदान गर्न ह्वीप भने जारी गरिएको छैन । मुख्यमन्त्री शाहले दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिदैछन् ।