३० वर्षमा प्रहरीलाई अवकाश दिने प्रावधानविरुद्धअन्तरिम आदेश जारी

३० वर्षमा प्रहरीलाई अवकाश दिने प्रावधानविरुद्धअन्तरिम आदेश जारी


काठमाडौँ । सर्वोच्च अदालतले ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अवकाश पाउने प्रावधानका विरुद्ध अन्तरिम आदेश जारी गरेको छ ।

निजामती कर्मचारी र अन्य सेवामा भएको प्रावधानविपरीत आफूहरुलाई ५८ वर्षसम्म सेवा गर्न पाउने अधिकारबाट बञ्चित गरी ३० वर्ष पुगेपछि अवकाश दिने सरकारको निर्णयविरुद्ध प्रहरी अधिकारीहरुले बुधबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बिहीबार अन्तरिम आदेश जारी गरेको हो ।