रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु: मुकुल

रविलाई ठग, भ्रष्टाचारी र अपराधी प्रमाणित गर्न सक्छु: मुकुल


काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा। मुकुल ढकालले सभापति रवि लामिछानेलाई ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधीका रुपमा प्रमाणित गर्न सक्ने दाबी गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत पार्टीले अन्तिमपटक सोधेको स्पष्टीकरणको जवाफ पेस गर्दै उनले रविको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्। ‘तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु।

कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्,’ मुकुलको चुनौती छ। साथै, उनले राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा नै हुने पनि बताएका छन्। ‘तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टीविरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो।

राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सीमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु,’ उनले भनेका छन्।पार्टीविरुद्ध लागेको भन्दै कारबाहीमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक पटक प्रश्न सोधेको थियो। पछिल्लो पटक बसेको पार्टी केन्द्रीय समिति बैठकले ढकाललाई अन्तिम पटक स्पष्टीकरण सोधेको थियो।

यस्तो छ मुकुलले  पेस ग रेको जवाफः