यो साता बजार ७.५ प्रतिशत घट्यो

यो साता बजार ७.५ प्रतिशत घट्यो


काठमाडौं । गत साता २९७४ अंकमा रहेको सेयर बजार यो साता २७४९ अंकमा बन्द भयो । साताभर २२५ अंक अर्थात् ७.५ प्रतिशतले बजार घट्यो ।

बजारको गिरावटले यो साता केही ठूलो रुप लियो । पहिलो दिन आइतबार नै बजार ७९.८८ अंक घट्यो । सोमबार सार्वजनिक विदाका कारण बजार बन्द रह्यो । मंगलबार १११.९६ अंक घटेको बजार बुधबार जम्मा ३.८ अंक मात्रै बढ्यो भने बिहीबार ३६.८३ अंक घट्यो ।

बजार घट्दा कारोबार रकम पनि उच्च दरमा घट्दै गएको छ । साउन ३१ गते एकै दिन २९ अर्ब ९५ करोड रुपैयाँ कारोबार भएकोमा अहिले १२ अर्ब हाराहारी झरेको छ ।

यो साता आइतबार १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार १८ अर्ब ६४ करोड, बुधबार १३ अर्ब ७२ करोड र बिहीबार १२ अर्ब २४ करोडको कारोबार भयो । बजारसँगै कारोबार रकम घट्नुले यो सााता बजारमा खरिद पक्ष कमजोर देखियो भने बिक्री गर्नेहरु पनि धेरै आत्तिएनन् भन्ने जनाउँछ ।