काठमाडौं । नेपाल सरकारले १ अर्ब रुपैयाँ रकम स्टार्टअप कर्जाको रुपमा प्रदान गर्ने भएको छ । स्टार्टअप कर्जा प्रवाहका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्मपन्न भएको छ ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको समझदारी भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालमा नै केही गर्न प्रोत्सान गर्नका लागि १ अर्ब स्टार्टअप कर्जा वितरणको लागि सम्झौता भएको बताए ।
उनले भने, ‘नेपालमा नै उद्योग व्यवसायी सञ्चालन गर्नका लागि सरकारले बजेट मार्फत नै १ अर्ब रुपैयाँ पैसा स्टार्टअप व्यवसाय गर्नको लागि दिने व्यवस्था गरेको थियो । त्यही व्यवस्था अनुसार आज मन्त्रालयमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्टर्टअफको लागि केही समय पहिले नै सूचना निकालेको थियो । त्यसै अनुसार कर्जा प्रभाव गर्नका लागि आज सम्झौता गरेका हौं ।’
उद्योग सचिव कृष्णबहादुर राउतले नेपालमा नै रोजगारी र उत्पादन वृद्धि गर्नको लागि सरकारले स्टार्टअप कर्जा प्रभाव गरिरहेको बताए ।
प्रतिक्रिया