जुवातास खेलेको आरोपमा टोखाबाट ९ जना पक्राउ

जुवातास खेलेको आरोपमा टोखाबाट ९ जना पक्राउ


काठमाडौं । जुवातास खेलेको आरोपमा टोखाबाट ९ जना पक्राउ परेका छन् ।

टोखा नगरपालिका–९ दिपज्योतीस्थित राज कुमार लामाको होटल शुभयात्रा गेष्टहाउसमा जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ८२ हजार ५ सय रूपैयाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको हो ।