काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा एक बालक वेपत्ता

काठमाडौंको तारकेश्वरमा खोलाले बगाउँदा एक बालक वेपत्ता


काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–५ मा खोलाले बगाउँदा एक बालक वेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा रसुवा घर भई तारकेश्वर बस्दै आएका वीरमान तामाङका १२ वर्षीय छोरा विमल तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

मंगलबार साँझ तारकेश्वर नगरपालिका–५ स्थित लोलाङको तरकारी बजार नजिकैको नागिन खोलाले ती बालकलाई बगाएको थियो । मंगलबारदेखि नै खोजी जारी भए पनि अहिलेसम्म बालकको अवस्था पत्ता नलागेको एसपी अधिकारीले बताए ।

खोलामा छाता खस्दा टिप्ने क्रममा ती बालक बगेका थिए । रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ती बालक परिवारसँग तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वर ढुंगाधारमाा बस्दै आएका थिए ।