नेसन्स लिगमा स्पेनको सहज जित

नेसन्स लिगमा स्पेनको सहज जित


एजेन्सी – युइएफए नेसन्स लिगमा स्पेनले स्विट्जरल्याण्डमाथि सहज जित निकालेको छ ।

दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा २०२४ को युरो कपको विजेता स्पेनले आइतवार स्विट्जरल्याण्डलाई‌ ४–१ ले हराएको हो।

स्विट्जरल्याण्डको घरेलु मैदानमा भएको खेलमा स्पेनको जितमा फावियन रुइजले २ तथा जोसेलु र फेरान टोरेजले समान १ गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि भने जाकी अम्बोउनीले गोल गरे ।

जोसुलुले चौथो मिनेटमै स्पेनलाई अग्रता दिलाएका हुन् । स्पेनका लागि रुइजले १३औं मिनेटमा गोल‌ गर्दै अग्रता दोब्बर बनाए ।

२०औं मिनेटमा नोर्मान्डले रातो कार्डको सामना गरेपछि स्पेन १० खेलाडीमा सिमित बन्यो । ४१औं मिनेटमा स्विटरल्यान्डका अम्बोउनीले गोल फर्काए ।

स्पेनका लागि ७७औं मिनेटमा रुइजले व्यतिगत दोस्रो गोल गर्दै ३-१ को अग्रता बनाए । टोरेसले ८०औं मिनेटमा गोल गर्दै स्पेनलाई सहज जित दिलाए ।

लिगमा पहिलो जित निकालेको स्पेनको ४ अंकका साथ ग्रुप ४ को तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा स्पेन सर्वियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।