बबई सिंचाइ आयोजनाले ४ वर्षसम्म पनि शून्य प्रतिशत काम गर्ने अमन कन्स्ट्रक्सनसँग ठेक्का तोड्दै

बबई सिंचाइ आयोजनाले ४ वर्षसम्म पनि शून्य प्रतिशत काम गर्ने अमन कन्स्ट्रक्सनसँग ठेक्का तोड्दै


काठमाडौं- बबई सिंचाइ आयोजनाले ४ वर्षसम्म पनि शून्य प्रतिशत काम गर्ने अमन कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने भएको छ। आयोजनाले बुधबार एक सूचना जारी गर्दै ६ वटा खण्डको काम अलपत्र पार्ने अमन कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको जनाएको हो।

आयोजनाले उक्त निर्माण कम्पनीलाई ठेक्का नतोड्न कुनै कारण भएमा १५ दिनभित्र कारण पेस गर्न समेत निर्देशन दिएको छ।

कम्पनीले आयोजनासँग विभिन्‍न ६ वटा खण्डको काम गर्न २०७७ मा नै सम्झौता गरेको थियो। तर कम्पनीले ४ वर्ष लाग्दा समेत ४ वटा खण्डको काम नै सुरु गरेको छैन।

यस्तै, एउटा खण्डको काममा ३० प्रतिशत प्रगति छ भने एउटा खण्डको ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ।

कम्पनीले सम्झौता बमोजिम केही खण्डको काम गरेपनि बिचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्‍न गर्नेतर्फ कुनै चासो नदेखाएको आयोजनाले जनाएको छ। आयोजनाले निर्माण कम्पनीसँग ठेक्का तोडेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाएको हो।