करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित

करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित


काठमाडौँ -करातेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् ।

नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिकालाई प्रदान गरिएको हो ।

उनलाई युवा तथा खेलकुद मन्त्री तेजुलााल चौधरीले पुरस्कार प्रदान गरेका थिए ।

यो अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका थिए ।