भोलिदेखि धरहरा चढ्न पाइने, प्रवेश निःशुल्क

भोलिदेखि धरहरा चढ्न पाइने, प्रवेश निःशुल्क


काठमाडौं – भोलिदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । भोलिदेखि धरहरामा दैनिक करिब ५०० जना चढ्न मिल्ने गरी धरहरा खुला हुने भएको हाे ।

अर्को निर्णय नभएसम्मका लागि धरहराको प्रवेश टिकट निःशुल्क रहेकाे छ । धरहराभित्रको पार्किङ पनि निःशुल्क हुनेछ ।

काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय २७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो ।

लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन दिएको थियो ।