वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाइने

वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाइने


{“caption”:”u0939u093fu092eu093eu0932u0940 u091cu093fu0932u094du0932u093e u092eu0928u093eu0919u0915u094b u092eu0928u093eu0919 u0919u093fu0938u094du092fu093eu0919 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093eu2013u096b, u092du094du0930u093eu0915u093eu0915u094b u0906u0907u0938u0932u0947u0915u092eu093e u092au093eu0932u093fu090fu0915u093e u092fu093eu0915u091au094cu0902u0930u0940 u0964 u0924u0938u094du092cu093fu0930 : u0915u093eu0928u094du0924u093fu092au0941u0930″,”photographer”:””,”alt_text”:””}

 

काठमाडौँ । नेपाल सरकारले प्रत्येक वर्षको वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आज बसेको बैठकले वैशाख ७ गतेलाई याक दिवसको रूपमा मनाउने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यही भदौ ३० गते मन्त्रालयले तयार पारेको यससम्बन्धी प्रस्ताव स्वीकृत गरेका थिए । याक तथा चौरीको संरक्षण एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा यसको प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय याक दिवस मनाउने निर्णय गरिएको जानकारी दिए ।

याक दिवसको घोषणाले याक जन्य वस्तुहरूको गुणस्तरीयतामा वृद्धि भई राष्ट्रिय आय वृद्धिमा योगदान दिन सक्ने र याक तथा चौँरीको विकास र प्रवर्द्धनमा सहयोग पुग्ने पुग्ने विश्वास मन्त्रालयले लिएको मन्त्री अधिकारीले बताए ।

जङ्गली याकसँग स्थानीय गाईको क्रस गरी घरपालुवा चौरीको विकास गरिने भएकाले याकको संरक्षण चौँरी उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ ।

नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा-३ फयाट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दुग्ध परिकारको रूपमा रहेको, याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको आम्दानीको प्रमुख स्रोतका रूपमा रहेको छ ।

याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सूचिमा उल्लेख गरेको छ । याक अनुवांशिक स्रोत केन्द्रले २०८० साल वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस स्वर्ण जयन्तीको रूपमा मनाउने सन्दर्भमा याक तथा चौरीको संरक्षण र संवर्द्धनका लागि वैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउन उपयुक्त हुने निर्णय गरेको थियो ।