संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा संसद् भवन अगाडिबाट ७ जना पक्राउ

संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा संसद् भवन अगाडिबाट ७ जना पक्राउ


काठमाडौँ- नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि संविधानको विरुद्धमा प्रदर्शन गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार संसद् भवनको ३ नम्बर गेट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको हो । सरकारले आज विभिन्न कार्यक्रम गरेर संविधान दिवस मनाइरहेको छ । विभिन्न समूहले संविधानको विरुद्धमा प्रदर्शनका कार्यक्रम पनि गरिरहेका छन् । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ ।