सेनाका पाल बने पहिलो रात्री दौड विजेता

सेनाका पाल बने पहिलो रात्री दौड विजेता


काठमाडौं । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र गीता साहुले जितेका छन् ।

संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ः०७ः२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन् ।

यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए । सन्तोषले ३२ः४८ः४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२ः५४ः६३ मिनेटमा दौड पूरा गरि तृतीय भएका थिए।

रात्री दौड जीवनमा पहिलोपटक दौड्न पाउँदा नै आफू निकै खुशी भएको विजेता पालले बताए । ‘मैले उपाधि नै जितें, इतिहास बनाउने अवसर पाएँ,’ पालले भने, ‘रात्री दौडको मज्जा नै बेग्लै हुने रहेछ ।’