सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो

सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढ्यो


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ५०० रुपैयाँले बढेर एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको थियो ।