दुर्गा प्रसाईलाई पक्राउ गर्न साइबर ब्यूरोका प्रहरी भक्तपुरमा

दुर्गा प्रसाईलाई पक्राउ गर्न साइबर ब्यूरोका प्रहरी भक्तपुरमा


भक्तपुर – पछिल्लो समय विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका बि एण्ड सी मेडिकल कलेजका सन्चालक दुर्गा प्रसाईलाई पक्राउ गर्न साइबर व्युरोका प्रहरी उनको निवास पुगेका छन् ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ कमेरोटारमा साइबर ब्यूरोका ३ भ्यान प्रहरी अहिले प्रसाईलाई पक्राउ गर्नका लागि पुगेका हुन् ।