विपुलकाे ‘बोल मन खोल’ सार्वजनिक

विपुलकाे ‘बोल मन खोल’ सार्वजनिक


काठमाडौ । पत्रकार तथा गीतकार विपुल पोख्रेलले आफ्नै शब्द रचनामा नयाँ गीत सार्वजनिक गरेका छन्  । तीन दशकयता दाङबाट पत्रकारिता गर्दै आएका उहाँ नेपाल पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष पनि हुन् ।

उनको शब्द रचनामा ‘बोल मन खोल’ बोलको गीतमा सञ्चारकर्मी देवेन्द्र बस्नेतले स्वर दिएका छ्न । जीवन, जगत र मानवीय दर्शन झल्किने यी गीतका शब्दहरूमा वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत गरेका छन्  ।

यसअघि पनि पोखरेलले आधा दर्जनजति गीतका शब्दहरू लेखिसकेका छन् । गीतमा भिडियो संयोजन अर्का सञ्चारकर्मी सुदन थापाले गरेका ।

“म आफैंमा व्यावसायिक गीतकार त होइन, कहिलेकाहिँ लेख्ने गर्छु। आफूलाई फुर्सदको गीतकारका रुपमा लिन्छु,” उनी भन्छन् , “यो आफ्नो रहर पनि होला र नयाँ प्रतिभाहरूलाई अवसर पनि सिर्जना गर्ने हिसाबले गीतहरू लेख्दै आएको छु।”