काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत

काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत


काठमाडौ ।मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि जितेको नेपाल प्रहरीको महिला भलिबल टोली स्वदेश फर्किएको छ  नेपाल प्रहरीको टिमलाई त्रिभुवान अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको महिला भलिबल टोलीले उक्त उपाधि हासिल गरेको थियो ।

प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीका उषा भण्डारी उत्कृष्ट आउट साइड हिटर तथा सर्वोत्कृष्ट खेलाडी, सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर ट्रायल र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भए ।