दुर्गा प्रसाईँलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरण रिट

दुर्गा प्रसाईँलाई छाड्नुपर्ने माग गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरण रिट


काठमाडौँ । गैरकानूनी रूपमा हिरासतमा राखिएको भन्दै दुर्गा प्रसाईँका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट पुगेको छ ।

अदालतका अनुसार, सोमबार बिहान उनी पक्षका कानून व्यवसायीहरूले अदालतमा रिट निवेदन दिएका हुन् । तर, उनको निवेदन दर्ता भइसकेको भने छैन ।

निवेदनसँगै प्रसाईँले आफू क्यान्सरबाट पीडित भएको भन्दै मेडिकल रिपोर्ट पनि बुझाएका छन् । प्रहरीको साइबर ब्युरोले प्रसाईँलाई आइतबार भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो ।