मिनरल वाटरलाई १ सय रुपैयाँ लिने जिम्बु थकालीलाई विभागले तिरायो ३ लाख जरिवाना

मिनरल वाटरलाई १ सय रुपैयाँ लिने जिम्बु थकालीलाई विभागले तिरायो ३ लाख जरिवाना


काठमाडौँ- वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अंकित मूल्यभन्दा तेब्बरमा मिनरल वाटर बेचेको पाइएपछि विभागले कारबाही गरिएको हो । उपभोक्तालाई ३५ रुपैयाँ मूल्य पर्ने मिनरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरेको थियो ।

उपभोक्ता ठगेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरूप जरिवानासहित सचेत गराएको विभागको भनाई छ । विभागका अनुसार चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेका छन्।