लुम्बिनी विकास कोषका सदस्य सचिवको मुखमा ठेकेदारले मुक्का हाने

लुम्बिनी विकास कोषका सदस्य सचिवको मुखमा ठेकेदारले मुक्का हाने


काठमाडौं– लुम्बिनी विकास कोषका दुई पदाधिकारीमाथि निर्माण व्यावसायीहरूले आक्रमण गरेका छन्। सो क्रममा ठेकेदारहरुले कोषका सदस्य सचिव सानुराजा शाक्य र कोषाध्यक्ष ढुण्डीराज भट्टराईमाथि आक्रमण गरेका हुन्।

ठेकेदारले सदस्य सचिव शाक्यको मुखमा मुक्का प्रहार गरेका कारण चोट लागेको छ।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा भएको कार्यक्रममा हुलहुज्जत गरी ठेकेदारको समूह प्रवेश गरेको थियो।

सोही समूह आक्रमणमा उत्रियो।

केही दिनदेखि गुरूयोजनाको कामको भुक्तानी नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरी समाधान गर्न लागिरहेको बेला आक्रमण गरिएको बताइएको छ।