रविन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्डनै हुन्

रविन्द्र मिश्र भन्छन्- गणतन्त्रको नायक प्रचण्डनै हुन्


काठमाडौँ- राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै भएको बताएका छन् ।

मिश्रले यस अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट बारे गरेको टिप्पणी प्रचण्डको सचिवालयले खण्डन गरेपछि गणतन्त्रको नायक प्रचण्डनै भएको बताएका हुन् । साथै मिश्रले कांग्रेस, एमाले र नागरिक समाज प्रचण्डका पथगामी भएको टिप्पणी समेत गरेका छन् ।

आफ्नो अघिल्लो टिप्पणी प्रचण्ड पक्षले खण्डन गरेपछि मिश्रले भनेका छन्

ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँरहामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु ।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेसरएमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै प्रचण्ड पथगामी हुन् । नेपालको संविधान २०७२ वास्तवमा प्रचण्डको संविधान २०७२ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु ।

त्यसैले ठूला पार्टीहरूलाई आ-आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु ।