विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन

विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुँदैन : चिरीबाबु महर्जन


काठमाडौं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपदलाई सहज रुपम व्यवस्थापन गर्न नसकिए स्मार्टसिटीको परिकल्पना पुरा हुन नसक्ने बताएका छन् ।

बुधबार ललितपुर महानगरमा आगलागी सम्बन्धी पूर्वा सचेतनाको श्रव्यदृश्य सामाग्रीको शुभारम्भ गर्दै महर्जनले स्मार्ट सिटी बनाउने सन्दर्भमा विपद्लाई सम्बोधन गर्न नसकिए स्मार्ट सिटी हुन नसक्ने बताएका हुन् ।

उनले विपद्लाई सम्बोधन गर्न लगानी पनि गरिरहेको जानकारी दिए । नगरप्रहरी बल १२५ जनाको हुन पुगेको र समयसापेक्ष बिपद् न्यूनिकरणको साधनको पनि व्यवस्था गरेको उनको भनाइ छ ।

महर्जनले दमकल, एम्बुलेन्स, शवबाहन, नगरप्रहरी र विपद्सम्बन्धी सामाग्रीहरू पुल्चोकको जुद्ध बारुण यन्त्र अन्तर्गत राखिएको जानकारी दिए ।

समाजमा घटना परिघटना हुँदै गर्दा पहिलेको तुलनामा अहिले धेरै नै सुधार भएको र छिटो सेवा दिन सफल भएको उनको भनाइ छ ।