सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता : सभापति देउवा

सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता : सभापति देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै एकताबद्ध हुनु अहिलेको आवश्यकता भएको बताएका छन् । बुधबार कांग्रेस पर्सा कार्यालयको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सभापति देउवाले नेपाल सम्पूर्ण जातजाति र भाषाभाषीहरुको भएकाले सबैलाई मिलाएर लैजानु आजको आवश्यकता भएको बताए । उनले सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिला, थारु, मुस्लिम सबैलाई एकताबद्ध बनाउनुपर्ने बताए ।

उनले भने, ‘सबै मिलेर एकताबद्ध भएर अघि बढ्नुहोस् । अब हाम्रो देश सम्पूर्ण जातजाति, आदिवासी जनजाति, दलित, महिलाहरूको हो । थारु, मुस्लिम सबैको देश हो । सबैलाई मिलाएर एक बनाएर लैजानु आजको आवश्यकता हो ।’

सभापति देउवाले कांग्रेसहरु एक भएर अघि बढ्नुपर्ने पनि बताए ।