सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर १ लाख ६० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।