तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प

तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प


पोखरा । तनहुँको घाँसी कुवा नजिकै पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ ।

व्यास १२ घाँसीकुवा नजिक ठुलो पहिरो आएको प्रहरीले जनाएको छ । राती आएको पहिरो पन्छाउने काम भइरहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

यसअघि गत भदौ ५ गते यहाँ डाँडै खसेर सडक अवरुद्ध भएको थियो । अझै जोखिम कायम रहेकोले सचेत र सुरक्षित रहन प्रहरीले सूचना जारी गरेको छ ।

सोही ठाउँ पानी परेपछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिराजस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ ।