विराटनगर – सप्तकोशी नदीमा पानीको बहाब बढ्दै जाँदा ठाकुरबासा पारिपट्टीको टापुमा पानी पसेर ३० जनाभन्दा बढी मानिस समस्यामा परेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारीका अनुसार २० देखि ३० जना मान्छे बोटबाट दुई दिन अगाडि नै त्यहाँ पुगेका थिए । आफूहरुले उनीहरुको उद्धार कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए ।
यसैबीच सप्तकोशी नदीमा पानीको बहाब ५ लाख प्रति क्यूसेक पुग्न लागेको छ । तिवारीले दिएको जानकारी अनुसार हाल पानीको बहाब ४ लाख ९४ हजार क्यूसेक पुगेको हो ।
प्रतिक्रिया