साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित

साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित


काठमाडौं– नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ ।

शनिबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि भारत प्रतियोगिताको फाइनलमा पुगेको छ भने नेपाल पराजित हुँदै बाहिरिएको छ ।

आजै दोस्रो सेमिफाइनल साँझ ५: ४५ बजेदेखि पाकिस्तान र बंगलादेशबीच हुँदै छ ।