गोरखाको लापुबेंसीबाट छुटेको बस झ्याप्ले खोलाको पहिरोमा भेटियो

गोरखाको लापुबेंसीबाट छुटेको बस झ्याप्ले खोलाको पहिरोमा भेटियो


धादिङ । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको यात्रुवाहक धादिङको झ्याप्ले खोलामा पहिरोले पुरिएको अवस्थामा फेला परेको छ ।

बस झ्याप्ले खोला पहिरोभित्र भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । शुक्रवार बिहान ७ बजे गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस तीन दिनदेखि सम्पर्कविहीन भएको थियो ।

पहिरोमा बसका चालकको परिचयपत्र र बस नम्बर भेटिएको छ । उक्त बसमा बसका धनी तथा चालक भीमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । बसमा धार्चेका एक जना यात्रु सुक गुरुङ रहेको र अन्य यात्रु बिचबाट चढे नचढेको भने यकिन हुन सकेको छैन । बस निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उक्त पहिरोबाट १५ जनाको शव निकालिएको छ । जसमा १२ जना पुरुष र ३ महिलाको शव निकालिएको छ । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंका गरिएकाे छ ।