सर्वदलीय बैठक सिंहदरवारमा जारी

सर्वदलीय बैठक सिंहदरवारमा जारी


काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

अविरल वर्षापछिको बाढी-पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बैठक बोलाएका थिए ।

बैठकमा विपद्पछिको परिस्थिति लगायतका विषयमा छलफल हुने जनाइएको छ । बैठकमा सरकारका मन्त्रीहरू समेत सहभागी छन्।