विपद् व्यवस्थापन कार्यकारिणी समिति बैठक जारी

विपद् व्यवस्थापन कार्यकारिणी समिति बैठक जारी


काठमाडौँ । अविरल वर्षाले देशभर पुर्‍याएको जनधनको क्षतिबारे छलफल गर्न विपद् व्यवस्थापन कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरवारमा बैठक जारी छ ।

असोज ११ र १२ गतेको वर्षासँगै डुबान र बाढी पहिरोका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो। बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार, घर क्षति भएकालाई बनाउनका लागि रकम वितरण, बाटो-पुल पुनर्निर्माण लगायतका निर्णय गर्ने तयारी छ ।

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्यमन्त्री तथा मन्त्रालयका सचिवलगायत सहभागी छन्।

दुई दिनको अवधिमा प्राकृतिक विपदमा परी १९२ जनाको मृत्यु भएको छ।