बाढी-पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना सक्रिय, उद्धार कार्यमा तीव्रता

बाढी-पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना सक्रिय, उद्धार कार्यमा तीव्रता


काठमाडौँ । नेपाली सेनाले लगातारको वर्षाका कारण उत्पन्न विपद्का घटनाहरूमा प्रभावकारी ढङ्गले हवाई उद्धार कार्यलाई तीव्रता दिएको छ। विशेष गरी बाढी तथा पहिरोका कारण घाइते भएका तथा फसेका व्यक्तिहरूको उद्धारमा सेना सक्रिय भइरहेको छ ।

सेनाले केही दिन देखि परेको अविरल वर्षा र तत्पश्चातको बाढी तथा पहिरोका कारण प्रभावित काठमाडौँ उपत्यका लगायत कोसी, मधेस, बागमती तथा गण्डकी प्रदेशका विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी राखेको छ ।

सोमबार मात्रै काभ्रेपलाञ्चोक जिल्लाको मंगलटारबाट १४४ जनालाई हवाई उद्धार गरिएको सेनाले जनाएको छ । सेनाका अनुसार सिन्धुली जिल्लाको कटुन्जेबाट ४३ र मकवानपुर जिल्लाको हेटौँडाबाट ६ जना घाइते तथा ३ वटा शवको हवाई उद्धार गरिएको छ ।