लुम्बिनी । लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।
१५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्ण खोप सुनिश्चित भएको घोषणा गरेका छन् ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ रणनीति अनुसार १६ देखि ५९ महिनाका एक सय ३० शून्य मात्राका र दुई हजार तीन सय ४३ खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरेर पूर्ण खोप लगाइएको छ । लुम्बिनी प्रदेशमा दुई लाख ६२ हजार आठ सय ५६ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित गरिएपछि पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरिएको हो ।
घोषणा कार्यक्रममा स्वास्थ्य मन्त्री खेम सारूलगायत स्थानीय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता थियो । बालबालिकालाई विभिन्न सरुवा रोगविरुद्ध खोप लगाइँदै आएको छ । क्षयरोग, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपाटाइटिस बि, हेमोफिलस इन्फ्लुएञ्जा बी, पोलियो, दादुरा, रुबेला, न्यूमोनिया, मेनिन्जाईटिस, जापानिज इन्सेफलाइटिस, टाइफाइड, रोटा भाइरसबाट हुने झाडापखालाविरुद्ध खोप उपलब्ध गराउँदै आइएको हो ।
प्रतिक्रिया