काँग्रेस संसदीय दलको बैठक मंगलबार

काँग्रेस संसदीय दलको बैठक मंगलबार


काठमाडौँ । सत्तारूढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।

काँग्रेस संसदीय दलले आज एक विज्ञप्ति जारी गरी काँग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक यही असोज १५ गते मंगलबार बस्न लागेको जनाएको छ ।

उक्त दिन संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्न लागेको हो । दुवै बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने काँग्रेस संसदीय दलले जनाएको छ ।